मेला हेर्न गएका इनरदेव मृत अवस्थामा फेला

Dead body 600x338

बारा । मेला हेर्न गएका सिम्रौनगढ़ नगरपालिका वडा नम्बर-१० देवापुर टेटा का ३० वर्षीय इनरदेव यादव मृत भेटिएका छन् ।

आदर्श कोतवालमा रहेको बेलवा डीह मेला हेर्न गएका यादव मृत फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबार राति मेला हेर्न गएका यादव शनिबार विहान अचानक मृत फेला परेपछि घटना रहस्यमय बनेको आफन्तको भनाई रहेको छ ।

घटना बारे प्रहरीले अनुसंधान गरीरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । साथै शव पोष्टमार्टमको लागि कलैया अस्पतालमा लगिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस