सवारी दुर्घटनामा १६ जना घाइते

Accident

नवलपरासी । पूर्व-पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोतीमा बिहीबार बिहान दाङबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ६३०१ नम्बरको बस आफैँ अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा परेर सामान्य घाइते भएका १२ जनाको कालीगण्डकी अस्पताल कावासोती र गम्भीर चोट लाग्ने चार जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

गम्भीर चोट लाग्ने दाङ सतवरीया ८ बस्ने २६ वर्षीया पूजा तामाङ, दाङ लमही ९ बस्ने ३० वर्षीया कल्पना बुढामगर, दाङ देउखुरी बस्ने ४७ वर्षीया रामदुल्ली चौधरी र दाङ देउखुरी ६ बस्ने ५० वर्षीय प्रदेसु चौधरी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...