‘नेपाल समृद्धिको बाटोमा हिँड्न थालिसक्यो’

Oli

काठमाडौं । नेपाल राजनीतिक आन्दोलनपछि अब आर्थिक विकास र समृद्धिको बाटोमा हिँड्न थालेको बताएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा चीनका पर्यटन तथा संस्कृतिमन्त्री लु सुगाङसँगको भेटघाट कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन् ।

सोक्रममा ओलीले नेपाल समृद्धिको बाटोमा हिँड्न थालेको बताउँदै यो अभियानमा मित्र राष्ट्रहरूबाट उदारतापूर्वक सहयोगको अपेक्षा आफूले राखेको समेत बताए ।

पर्यटन तथा संस्कृतिमन्त्री लु सुगाङसँग कुरा गर्दै ओलीले भने, ‘समृद्धिको लक्ष्य हाँसिल गर्न हामीले मित्र राष्ट्रहरूबाट सक्दो सहयोगको गरेका छौं, त्यसमा पनि नजिकका छिमेकीबाट अझै बढी सहयोगको आशाा लिएका छौं ।’

पर्यटन तथा संस्कृतिमन्त्री लु सुगाङसँगको भेटक्रममा प्रम ओलीले नेपाल र चीनबीच सदियांैदेखि विशेष सम्बन्ध रहेको कुरा पनि बताए ।

चिनियाँमन्त्री सुगाङले नेपाल भ्रमण वर्ष-२०२० मा चीनबाट अधिकतम् पर्यटक भित्रयाउन चीनले मदत गर्ने बताए । सोक्रममा उनले अघिल्लो वर्षको तुलनामा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक ४८ प्रतिशतले बढेको बताएको पनि बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...