राखेपले दियो तेक्वान्दो संघलार्इ यस्तो चेतावनी

Rakhepa

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले तेक्वान्दो सङ्घमा देखिएको विवाद तत्काल मिलाउन चेतावनी दिएको छ । राखेपले विवाद मिलाउनको लागि बढ्न सात दिन समय दिएको छ ।

राखेपका सदस्य सचिव केशवकुमार विष्टले विज्ञप्ति जारी गरी नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो युनियनबीचको विवाद सधैँका लागि अन्त्य गर्न पत्रचार गर्दै सात दिने समयसीमा दिएको हो ।

‘केही दिनअघि राखेपको ११०औं बोर्ड बैठकले विवाद समाधान गरी त्यसको जानकारी अनिवार्यरूपमा उपलब्ध गराउनुपर्ने भनी निर्णय भएको हुँदा छिटो विवाद समाधान गर्न राखेपले निर्देशन दिएको हो - सदस्य सचिव विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राखेपले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा दुई सङ्घबीचको विवादका कारण जिल्ला तथा प्रदेशबाट खेलाडी छनोटमा समस्या आउने उल्लेख गर्दै दुई तेक्वान्दो सङ्घलाई तत्काल मिल्न निर्देशन दिएको हो ।

विवाद समाधान नभएसम्म तेक्वान्दोका कुनै पनि प्रतियोगिता तथा छनोट नहुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...