ई-पासपोर्ट दुई वर्षभित्र

E passport

काठमाडौं । सरकारले दुई वर्षभित्र ई-पासपोर्ट जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।

सक्दो छिटो काम थाल्न राहदानी विभागलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ । ई- पासपोर्टमा जाने निर्णय असार महिनाको पछिल्लो मन्त्रिपरिषद्ले गरेको थियो । पासपोर्ट दुरुपयोग रोक्न ई प्रविधिमा जानुपर्ने राहदानी विभागको निष्कर्षपछि सरकारले यस्तो निर्णय लिएको हो ।

नक्कली नागरिकता बनाएर त्यसकै आधारमा पासपोर्ट बनाउने घटना बढेपछि त्यसलाई समेत सम्बोधन गर्न ई-प्रविधिमा जाने तयारी भएको हो । ई-पासपोर्ट एमआरपी जस्तै हो । यसमा थप चिप्स हुन्छ । चिप्समा व्यक्तिगत विवरणसहित आँखाको रेटिना, औंठाछापालगायतका फिचरहरु राखिएको हुन्छ ।

अत्याधुनिक विमानस्थलमा पासपोर्टधनी र बोक्ने व्यक्ति उही हो । वा होइन भन्ने सेन्सर हुने भएकाले यसबाट दुरुपयोग नियन्त्रण हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...