ट्र्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु

Accident jpg

सुरुङ्गा । छठ पूजाका लागि मेची नदीको पूजा स्थल (घाट) तर्फ जाँदै गरेकी एक बालिकाको आज ट्र्याक्टरले किचेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका-५ पोखरीटोल निवासी राखी यादवकी ६ वर्षीया छोरी राशी यादव रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।

मेची नदीको किनारमा तयार गरिएको घाटमा पूजाका लागि मे१ त५२३२ नंको ट्र्याक्टरमा चढेर गइरहेको अवस्थामा त्यसबाट खसेको र सोही ट्र्याक्टरले किच्दा उनको मृत्यु भएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस