बालिका हत्या आशङ्कामा ५ जना पक्राउ

Arrested

गाईघाट । उदयपुरको रौतामाई गाउँपालिका(३ लाफागाउँकी १३ वर्षिय बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राई र अन्य एक जनाको नाम नखुलेको व्यक्तिलाई पक्राउ गरेको छ ।

शनिबार गोठालो गएकी खड्का आइतबार मृत भेटिएकी थिइन् । उनका ठूलाबुबा दुर्गाराजका अनुसार उनको शवमा कुर्तासुरुवाल च्यातिएको, पेन्टी च्यातिएको, मुखमा कपडा कोचेको तथा घाँटी र शरीरमा चोट लागेको अवस्थामा फेला परेको थियो ।

धरानबाट तालीम प्राप्त कुकुरसहितको प्रहरी टोली अनुसन्धनका लागि घटनास्थलमा पठाएको प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए । घट्नाबारे अनुसन्धान भइरहेको र उनको शव परीक्षणका लागि सोमबार धरानस्थित बिपी मेमोरियल अस्पताल लगिएको छ ।

एल्जिनाको परिवारले उनको सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...