तपाईं एक्लै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

Freedoooommm

काठमाडौं । के तपाईं एक्लै हुनुहुन्छ ? यदि त्यसो हो भने तल भनिएका कुरामा ध्यान अवश्य दिनुहोला ती कुराले तपाईलाई कहिल्यै एक्लो महशुस हुने छैन ।

अविवाहित वा एक्लै व्यक्तिहरुलाई लाग्ने गर्छ धेरै सम्बन्ध वा परिवार भएका मानिसहरु धेरै खुसी हुने गर्दछन् । तर, धेरै सम्बन्ध भएका मानिसहरुलाई एक्लो जीवन सुखी हुन्छ भन्ने लागेको हुन्छ । तपाईं एक्लो भएपनि आफूलाई एक्लोपन महसुस हुन नदिन धेरै उपाय अपनाउन सक्नुहुन्छ ।

धेरै समय तपाई एक्लै भएमा तपाईको मनमा धेरै कुरा खेल्नु एक्लो महसूस हुनु, नचिताएको सोच आउनु हुनसक्छ । तर तपाईहरु ढुक्क हुनुहोस् तल भनिएका कुराहरु तपाईको खुल्दुली र एक्लोपनको साथी बन्नसक्छ ।

१. आफ्नो भविष्यप्रति ध्यान दिनुहोस्ः
तपाई अहिले एक्लो हुनुहुन्छ तर, तपार्इं जीवनभरी एक्लै हुने हो भन्ने ग्यारेण्टी छैन । तपाईसँग भोलि धेरै ठूलो परिवार हुनसक्छ । बालबच्चा हुन सक्छन् । समयले तपाईलाई कहिल्यै पर्खने छैन । अहिले एक्लै हो भने र निराश हुने र मनोरञ्जन गर्ने बानी हटाउनुहोस् । अहिले धेरै मानिस आफ्नो जीवनप्रति चिन्तित हुन्छन्, त्यसको मतलब समयको सदुपयोग गर्नु हो ।

२. एक्लै भएपनि हसिलो बन्नुहोस्ः
जीवनमा निराश कहिल्यै नहुनुहोस् । मनोरञ्जनपनि गर्नुहोस् तर समयको ख्याल गरेर । तपाईंको पार्टनर आफन्तसँग घुम्न गएका छन् मनोरञ्जन गदैछन् तपाई पनि एक्लै भएपनि निस्कनुहोस् घुम्नलाई । एक राम्रो ठाउँ छान्नुहोस् । त्यो बेला तपाईले बटुलेको अनुभव तपाईंको जीवनमा स्मरणयोग्य हुनेछ ।

३. किनमेल गर्नुहोस्ः
तपाईंलाई केही चिज किनमेल गर्नुछ भने एक्लो भएको फाईदा उठाउनुहोस् । किनमेल गर्न बजार निस्कनुहोस् । तपाईंको एक्लोपनको फाईदापनि जीवनमा स्मरण गर्न लायक हुनेछ ।

४. आफ्नो ईच्छा पुरा गर्नुहोस्ः
तपाईं अहिले एक्लै हुनुहुन्छ त्यो समय तपाईंको आफ्नो हो । उक्त समयलाई जसरीपनि सदुपयोग गर्न सक्नुहुन्छ । तपाईंले अब जिम्मेवारीपन महसुस गर्दै आफ्नो समय व्यतित गर्ने बेला आएको छ ।

प्रतिकृया दिनुहोस