विवाहपछि ४ कुरामा सतर्क

Women

काठमाडौं । जो सुकैलाई लाग्छ आफ्नो दाम्पत्य जीवन खुसी, सुखी र सरल होस् । जीवनमा कहिल्यैपनि बाधा अड्चन नआओस् । हामीले सोचेजस्तो कहाँ छ र जीवन, यसका पनि आफ्ना बिशेषता र केही रोचक मान्यताहरु छन् ।

यहाँ हामीले चर्चा गर्न खोजेको बिषय कहिलेकाँही श्रीमतीको शारिरीक अंगको लक्षणले पनि श्रीमानको भबिष्य र जीवनको बारेमा निर्धारण गरेको हुन्छ । ती अंगहरुको छुट्टै महत्व छ, जसले वैवाहिक जीवनपछिको स्थितिको भविष्य निक्र्यौल गर्दछ ।

उसो त, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्ररी जानकारी लिन्छन् । साथै एक अर्कालाई मन पर्ने तथा मन नपर्ने बानी र व्यवहारबारे जानकार भएमा दाम्पत्य जीवन झन सौहार्दपूर्ण हुन्छ ।

तर महिलाका केही यस्ता लक्षण पनि हुन्छन्, जो वैवाहिक जीवनका लागि शुभ मानिँदैनन् । खासगरी ती लक्षणहरु शरिरका अङ्गसँग सम्बन्धित हुन्छन् । सुदख वैवाहिक जीवनका लागि ती अंगबारे जानकारी पाउनु जरुरी हुन्छ, जसले वैवाहिक जीवनमा हानी पुर्याउँछन् । ती अंगको बारेमा हामी यहाँ चर्चा गर्दैछौः–

जुँगाको रेखी
जुन स्त्रीको अनुहारमा पुरुषको जस्तै जुँगाको रेखी स्पष्ट देखिन्छ ती स्त्री क्रोधी स्वभावकी हुन्छिन् । यस्ता स्त्री कसैको मुखबाट आफ्नो आलोचना सुन्न सक्दैनन् । कहिलेकाहीँ उनीहरुको व्यवहार धेरै नै क्रुर भइदिन्छ ।

दुईवटा सिउँदो
जुन स्त्रीको सिउँदो सिधा हुन्छ उनीहरु पतिको लागि धेरै नै शुभ हुन्छन् । दुई सिउँदो राख्ने युवतीले आफ्नै हातले आफ्नो वैवाहिक जीवन समाप्त गर्छन् । यस्ता युवतीको सम्बन्धमा लगाव नहुने संकेत हुन्छ ।

पैतला
जो स्त्री पैतला उठाउँदै हिड्छन् उनीहरुको जीवन दुःख र पीडाले भरिएको हुन्छ । यस्ता युवतीको चालचलनले उनीहरुको घर र माइती दुवैतर्फ क्षति पुग्छ ।

छोटो औंला
बुढी औला ठुलो र चोर औंला सानो भएका महिलाहरुलाई सामान्य रुपमा अरुको दासी मानिन्छ । त्यसैगरी चोर औंला माझी औंलाभन्दा ठूलो छ भने यस्तो जातका स्त्रीहरु गरिव परिवारका हुन्छन् । बुढी औला ठुलो र चोर औंला सानो भएका स्त्रीलाई सुख मिल्दैन । चोर औंला माझी औंलाभन्दा छोटो छ भने स्त्रीलाई सुख मिल्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...