खोटाङमा जीप दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

Accident

खोटाङ । खोटाङमा जीप दुर्घटना भएको छ । केपीलासगढी गाउँपालिकाको बाक्सीला बजारबाट यात्रु लिएर दिक्तेलबजार आउँदै गरेको ना.१ ज ३६९८ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ घर भएका ४१ वर्षका व्यापारी दिपक रसाइलीको ज्यान गएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका रसाइलीलाई थप उपचारको लागि जिल्ला अस्पताल ल्याउँने क्रममा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी कन्ट्रोलले बताएको छ ।

यस्तै दुर्घटनामा परि सिन्धुली जरायोटार बस्ने वर्ष २३ रमेश मगर र दिक्तेल रुपाकोट मभुवागढी नगरपालिका– १३ नुनथलाका १९ वर्षीय फुर्वा शेर्पा घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाडौं पठाइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–९ निर्मली डाँडाका २४ वर्षीय तेन्जिङ शेर्पा भने सकुल रहेको प्ररहीले जनाएको छ ।

दुर्घटना के कारणले भएको हो भन्ने खुलेको छैन । दुर्घटना लगत्तै शेर गण मुडे व्यारेकका नेपाली सेना, प्रहरी र बजारबासीले घाइतेहरुको उद्धार गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...