वडाध्यक्षले कुटे शिक्षक

Kutpit 1

प्यूठान । झिमरुक गाउँपालिका वडा नम्बर-८ का वडाध्यक्ष तुलस बस्नेतले स्थानीय शिक्षक सिद्धिमान एमसीलाई कुटेका छन् ।

विद्यालयमा चलिरहेको व्यवस्थापन समितिको बैठकमा सामान्य भनाभन भइरहेका बेला बस्नेतले आफूलाई कुर्सीले टाउकोमा प्रहार गरेको एमसीले जानकारी दिएका छन् ।

शिक्षक एमसी जनता माध्यमिक विद्यालय लिवाङ टिमुरचौरमा विगत चारवर्षदेखि प्रावि तहमा कार्यरत रहदै आएका छन् । उनले मंगलबार प्यूठान अस्पताल बिजुवार पुगेर आफ्नो उपचार गराएका छन् । टाउकोमा पाँचवटा टाँका लगाइएको एमसीलाई डाक्टरले एक सातासम्म आराप गर्न सल्लाह दिएका छन् ।

झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसीले घटनाको विषयमा सोधपुछ गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...