वडाध्यक्षले बुझाए मेयरलाई बाइकको साचो र बिलबुक

Received 2010799545608170

पाख्रीवास धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नम्बर ४ का वडाध्याक्ष र मेयरबीच द्वन्द्व चर्किएको छ । त्यसैको परिणामस्वरुप वडाध्यक्षले मेयरलाई सवारीसाधन नै बुझाएका छन् ।

पाख्रीवास नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सोवित निरौलाले मेयर बृषबहादुर राईलाई र्‍यालिसहित आफुले प्रयोग गर्दै आएको को १ ब १७५६ नम्बरको मोटरसाइकलको बिलबुक, साचो र मोटरसाइकल बुझाएका छन् ।

मङ्गलवार धनकुटाको पाख्रीवासमा आफ्ना समर्थकसहित नगरपालिकाले दिएको मोटरसाइकल बुझाएका हुन् । वडाध्यक्ष निरौलाले नगरपालिकाले पहुँचको आधारमा सरकारी सवारीसाधन दुरुपयोग भइरहेकाले आफुले त्यसलाई रोक्न सरकारी सवारीसाधन फिर्ता गरेको बताए ।

वडाध्यक्ष निरौलाले मेयर राईले आफुले राम्रो काम गर्न खोज्दाखोज्दै असहयोग गर्न खोजेको र आफ्नो मनोबल गिराउन खोजेका कारण अबदेखि आफ्नो कार्यकालभरी नगरपालिकाले दिने कुनै पनि सवारीसाधन प्रयोग नगर्ने बताए ।

१० वटा वडा रहेको पाख्रीवास नगरपालिकामा गत स्थानीय निकायको निर्वाचनमा मेयर, उपमेयर, वडा अध्यक्षसहित ५२ वटै सीटमा तत्कालीन नेकपा एमालेले जित हात परेको थियो । त्यसयता वडा नम्बर ४ का वडा अध्यक्ष निरौलाले भने मेयरले आफुलाई असहगोग गरेको आरोप लगाउदै आएका थिए ।

उनले अबदेखि आफुले पाउने सेवासुबिधाको ५० प्रतिशत रकम अनाथ, असाय र अपाङ्गता भएका ब्याक्तिको शिक्षा, स्वास्थ र क्षमता वृद्धिका लागि खर्च गर्ने घोषणा गरे ।

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...