नेपालको शिक्षा विकासका लागि साझेदारी गर्न बेलायत तयार

नेपाल र बेलायतबीच शैक्षिक सहकार्य

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसबीच सोमबार भएको भेटमा शैक्षिक सहकार्यका विषयमा छलफल भएको छ ।

बेलायतले नेपालमा छात्रा शिक्षा, विपन्न र लक्षित वर्गलाई शैक्षिक सहयोग गर्ने विश्वास व्यक्त गरेको छ भने नेपालले प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गर्न र प्रविधिका क्षेत्रमा साझेदारी गर्न नेपाल इच्छुक रहेको जनाएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत मोरिसले बेलायत सरकार नेपालको शिक्षाको विकासका लागि साझेदारी गर्न तयार रहेको बताएका छन् । राजदूत मोरिसले ए लेभलको समकक्षता सम्बन्धनका विषयमा चासो व्यक्त गर्दै आवश्यक सहजीकरणका लागि आग्रह पनि गरेका थिए ।

भेटमा मन्त्री पोखरेलले साझेदारीमार्फत शिक्षा क्षेत्रको थप विकास गर्न सदैव तयार रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...