राष्ट्रिय सम्मानका साथ तुलाधरको अन्त्येष्टि

श्रद्धाञ्जलि अर्पण

काठमाडौं । बामपन्थी नेता पद्मरत्न तुलाधरको राजकीय सम्मानका साथ सोमबार कर्णदीपमा अन्त्येष्टि गरिएको छ । स्व तुलाधरको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर पुष्पगुच्छा चढाई सम्मान गरेका थिए । यसअघि तुलाधर निवास लाजिम्पाटबाट नेवारी परम्पराअनुसार स्व तुलाधरको शवयात्रा गरिएको थियो ।

विसं १९९७ मा काठमाडौंमा जन्मेका तुलाधरको गत कात्तिक ९ गते मस्तिष्कघात भएपछि माइतीघर मण्डलास्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि कात्तिक १३ गते उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार दिउँसो १२ः४५ बजे उनको निधन भएको थियो ।

तुलाधरको पार्थिव शरीरमा जेठा छोरा सुजन तुलाधरले दागबत्ती दिएका थिए ।
उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्र्रसाद अधिकारी, नेकपाका नेता बामदेव गौतम र नारायणकाजी श्रेष्ठलगायत शोभाभगवतीस्थित कर्णदीपमा स्व तुलाधरप्रति श्रद्धासुमन अर्पण गरेका थिए ।

त्यस्तै नेपाली काङ्ग्रेसका नेता तीर्थराम डङ्गोल, सङ्घीय समाजवादी फोरम नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेता लीलामणि पोखरेल, बामनेत्री हिसिला यमी, पूर्वसभामुख दमननाथ ढुङ्गानाले पनि कर्णदीपमा स्व तुलाधरप्रति अन्तिम श्रद्धाञ्जलि अपर्ण गरेका थिए ।

त्यस्तै संस्कृतिविद् डा.चुन्दा बज्राचार्य, नेपाल भाषाका चर्चित कवि दुर्गालाल श्रेष्ठ, नेपाल भाषाका साहित्यकार भूषणप्रसाद श्रेष्ठलगायत ठूलो सङ्ख्यामा शुभेच्छुक तथा जनसमुदायको कर्णदीपमा उपस्थिति थियो । त्यस अवसरमा नेपाल भाषाका अगुवा पद्मरत्न तुलाधर अमर रहून् भनी नारा लगाइएको थियो ।

नेपाल भाषा मंका खलःका महासचिव नरेशवीर शाक्यले तुलाधरप्रति राष्ट्रिय सम्मान प्रकट गर्न नेपाल प्रहरीको एक टुकडीले सम्मान अर्पण गरिएको बताए ।

दुई छोरा र दुई छोरीका पिता तुलाधर २०३६ सालमा मंकाः खलको अध्यक्ष भई नेपाल भाषा आन्दोलनको नेतृत्व गरेका थिए । बहुदलीय व्यवस्थाको माग गर्दै निर्वाचनमा होमिएका तुलाधर २०४३ सालमा जनपक्षीय रापस, २०४८ मा प्रतिनिधिसभा सदस्य तथा २०५१ सालमा सांसदमा निर्वाचित भई स्वास्थ्यमन्त्री बनेका थिए ।

२०५८ सालमा सरकार माओवादी शान्तिवार्ताका सहजकर्ता तथा विसं २०७२ मा आदिवासी जनजाति आन्दोलनको अध्यक्ष भई नेतृत्व प्रदान गर्नुका साथै लामो समय मानवअधिकार आन्दोलनको पनि नेतृत्व गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...