उपराष्ट्रपति पुनद्वारा चियापान आयोजना

पुनद्वारा चियापान

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार दसैं, तिहार, छठ पर्वको अवसर पारेर चियापान कार्यक्रम आयोजना गरेका छन् । उपराष्ट्रपति पुनले चाडपर्वको अवसर पारेर शुभकामना आदान प्रदान गर्न चियापान कार्यक्रम आयोजना गरेका हुन् ।

चियापान कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी पनि सहभागी भइन् । त्यसैगरी उपराष्ट्रपति पुनको चियापान कार्यक्रममा प्रमुख प्रतिपक्ष दलका नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

चियापान कार्यक्रमका कलाकार, पत्रकार, बुद्धिजीविलगायतका पनि उल्लेख्य सहभागिता रहेको थियो । उपराष्ट्रपति पुनले गत शुक्रबार आयोजना गरिएको चियापान कार्यक्रम प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सोही दिन आयोजना गरेकाले आजका लागि सारेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...