कांग्रेसको महासमिति बैठक सार्न केन्द्रीय कार्य समिति बैठक मंगलबार

Congress

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंगलबार केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । मंसीर पहिलो साता बस्ने भनिएको महासमिति बैठक तयारी नपुगेपछि केही समय पछि सार्न कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको हो ।

महासमिति बैठकको तयारीका विषयमा छलफल गर्ने मूल एजेन्डासहित कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आगामी २० गते मंगलबार बोलाइएको जनाइएको छ । महासमिति बैठक र त्यसको तयारीका विषयमा छलफल गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाइएको सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

विधान संशोधनका लागि मस्यौदा तयार पार्न गठित विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन समेत तयार नभएकाले महासमिति बैठक केही दिन पछि सर्न सक्ने पनि सहमहामन्त्री महतले बताए । पार्टी संस्थापन पक्षका नेता समेत रहेका उनले महासमिति बैठक पछि सार्ने आफूहरुको कुनै मनसाय नरहेकोे पनि स्पष्ट पारे ।

चाडबाडलगायतका कारण महासमिति बैठक पर सर्न सक्ने सहमहामन्त्री महतले बताए । महासमिति बैठकका प्र्रस्तुत हुने राजनीतिक तथा आर्थिक प्रतिवेदनको कामलाई तीव्रता दिइएको पनि कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसको आगामी मंसीर ५ गतेदेखि नौं गतेसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने तयारी गरेको थियो । तर महासमिति बैठकमा प्रस्तुत हुने विधान मस्यौदाको काम समेत सम्पन्न हुन नसकेपछि त्यसलाई केही दिन पछि सार्ने संस्थापन पक्षको तयारी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...