सरकारले काम गर्न नसक्दा विपक्षीले आलोचना गर्ने ठाउँ पाएः प्रचण्ड

पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले जनचाहना अनुसार काम गर्न नसक्दा विपक्षीले आलोचना गर्ने ठाउँ पाएको बताएका छन् ।

नेकपा रुपन्देहीले बुटवलमा ओजना गरेको दशैं, तिहार, छठ नेपाल सम्वत, ल्होसार, इश्लामिक नयाँ वर्ष लगायतका चाडपर्वको अवशरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रचण्डले सरकार बने लगत्तै वर्षाद सुरु भएकाले सरकारले विकास निर्माणको काम गर्न नपाएको भन्दै सरकारको बचाउ गरे ।

उनले अब सरकारले गरी विकास गर्ने भन्दै विपक्षीले आलोचना गर्ने ठाउँ नपाउने दाबी पनि गरे । अबको दशक विकासको दशक र जीवनस्तरमा परिवर्तन ल्याउने दशक भएको बताए ।
विगतमा लामो समय लोकतन्त्रका लागि लडाईंमा बितेको भन्दै अब समृद्धिको ढोका खुलेको बताए ।

प्रचण्डले सरकारले राम्रो काम गरिरहेको दाबी पनि गरे। उनले नयाँ सरकार बनेपछि असोज ३ भित्रै सबै संवैधानिक कानुनह? बनेर संवैधानिक संकट पर्नबाट जोगाएको बताए । यस्तै, उनले पार्टी एकता र नयाँ सरकार बनेपछि नेपालको परिभाषा नै बदलिएको बताए । नेपाल भारत बेष्ठित देशबाट संसार भर व्यापार गर्न पाउने देश बनेको बताए ।

प्रचण्डले रेल मार्ग बन्दै गरेको, नेपालमा पानी जहाज ल्याउने तयारी भएको, बाटाघाटाह? फराकिलो हुँदै गएको जस्ता सरकारका उपलब्धि रहेको दाबी पनि गरे ।
उनले विश्वलाई सन्देश दिन र नेपालको समृद्धिका लागि दुई कम्युनिष्ट पार्टीबीच एकता गरेको बताए ।

प्रचण्डले विश्वमा जति धेरै शान्तिको आवश्यकता पर्छ, त्यत्ति नै लुम्बिनी र गौतम बुद्धको आवश्यकता महसुस हुने पनि बताए । लुम्बिनी र गौतम बुद्ध नेपालको मात्र नभई विश्वकै सम्पत्ति भएको उनको भनाई थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...