धनकुटाको हिलेमा लफडा, मेलामा एकको हत्या

Hatya

हिले, धनकुटा । धनकुटाको हिलेमा एकजनाको हत्या भएको छ । 

धनकुटा नगरपालिका वडा नम्बर १ हिले बजारमा लागेको मेलामा आएका सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १५, झुम्काका रामकुमार चौधरीको हत्या भएको छ ।

हिलेमा लाग्दै आएको मेला सकिएपछि शुक्रबार राती १२ बजेतिर चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । चौधरीलाई धारिलो हतियार प्रयोग गरि हत्या भएको प्रहरीको भनाइ छ ।

प्रहरीले अहिले मेला संचालकसहित एक दर्जनलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान सुरु गरेको छ ।

धनकुटाको हिलेमा असोज २४ गते यता मेला लाग्दै आएको छ । शुक्रबार पनि राती ११ बजेसम्म मेला लागेको थियो ।

प्रतिकृया दिनुहोस