गोली हानी बीजेपी सचिवको हत्या

Gun

काठमाडौं । भारतीय जनता पार्टी ९बीजेपी०का सचिव अनिल परिहारको गोली हानी हत्या गरिएको छ ।

भारतको जम्मू–कस्मिर राज्यका बीजेपीका सचिव परिहारसँगै उनका भाइको गोली हानी हत्या भएको छ । विहीबार साँझ जम्मू–कस्मिरको किश्तवाडमा दुबै भाईको हत्या भएको हो ।

भारतीय संचारमाध्यमहरुका अनुसार किश्तवाडमा रहेको आफ्नो घरतर्फ जाँदै गर्दा परिहार दाजुभाइमाथि गोली हानिएको जम्मू–कश्मीर प्रहरीले जनाएको छ ।

जम्मू–कश्मीर बीजेपीका अध्यक्ष रवीन्द्र रैनाले आतंककारी समूहले गोली प्रहार गरेको बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस