धरानमा दिउँसै खुकुरी हानाहान, प्रहरीले हान्यो अश्रुग्यास

Dharan jhadap

धरान । दशैंको बेलामा धरानमा मेला राख्ने विषयमा विवाद हुँदा दुई पक्षबीच खुकुरी हानाहान भएको छ ।

मेलाको विपक्षमा रहेका युवाहरुले विरोध र्‍याली निकालेपछि मेला पक्षधर युवाहरुसँग झडप भएको छ । झडप नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज र अश्रुग्याससमेत हानेको थियो ।

मेलामा खुकुरी हानाहानसमेत भएको छ । घटनामा मेला पक्षधर युवाको आक्रमणबाट समक्ष श्रेष्ठ र बालजित तामाङ घाइते भएका छन् । उनीहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस