हावाबाट बिजुली निकाल्न नसक्ने प्रधानमन्त्री विद्युतीय बसका सिंहदरबारसम्म सररर

Bijuli busma oli

काठमाडौं । कुनै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट विजुली निकाल्ने भाषण गरेर हासोको पात्र बने । तर, तिनै ओली आज साझा यातायातले काठमाडौंमा सञ्चालन प्रारम्भ गरेको विद्युत्तीय बसमा चढेर सिंहदरवार पुगेका छन् ।

साझा यातायातले मंगलबारदेखि काठमाडौंमा विद्युतबाट चल्ने बस सञ्चालनमा ल्याएको छ । चालकसहित २० सिटको क्षमताका ती बसहरुमा सीसी क्यामेरा जडान गरिएका छन् ।

विद्युत्तीय बसहरु चिनियाँ कम्पनीले निर्माण गरेको सो विद्युतीय बसको उद्घाटनपछि सोही बसमा चढेर प्रधानमनत्री ओली सिंहरदरवार पुगेका हुन् ।

बसमा प्रधानमन्त्री ओलीसँगै पर्यटनमन्त्री रवीन्द्र अधिकारी, र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायतले पनि यात्रा गरेका थिए ।

उपत्यकाको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ ५ वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको छ । सो विद्युतीय बसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सन् २०२० सम्म २० प्रतिशत विद्युतीय बस चल्ने दाबी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...