१२ बजेसम्मका लागि कृष्णनगरमा हट्यो कर्फ्यु

Krishna nagar kapilbastu

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा सोमबार साझदेखि लागेको अनिश्चितकालीन कर्फ्यु आज १२ बजेसम्मका लागि हटेको छ ।

आइतबारदेखि पटकपटक लाग्दै आएको कर्फ्यु कृष्णनगरको जनजीवन सामान्य बन्न थालेपछि आज १२ बजेसम्मका लागि हटाइएको हो ।

जिल्ला प्रशाषन कार्यालयले सोमबार विहान ८ बजेदेखि १२ बजेसम्म र १२ बजेदेखि साझ ५ बजेसम्मका लागि कर्फ्यु हटाएको थियो । तर, दिउँदो कपिलवस्तुको सदरमुकाम तौलिहवामा बसेको सर्वदलीय बैठकपछि फेरि अहिले ५ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाएको थियो ।

कृष्णनगरको अवस्था सामान्य बन्न थालेकाले आज १२ बजेसम्म कर्फ्यु हटाइएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश आर्यालले बताए ।

कृष्णनगरमा आइतबार दुर्गा भवानीको मुर्ति सेलाउने क्रममा हिन्दु र मुस्लिम समुदायबीच पटकपटक झडप भएको थियो । सो झडपपछि स्थिती नियन्त्रणमा लिन प्रशाषनले कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रमा कर्फ्यु लगाउँदै आएको थियो ।

कर्फ्यु हटेपछि कृष्णनगरको जनजीवन सामान्य बन्न थालेको छ । पसलहरु खुलेका छन् भने मानिसहरुको चहलपहल पनि बढेको छ ।

यता आजै जिल्ला प्रशाषन कार्यालय तौलिहवामा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ । विहान साँढे ९ बजे बसने बस्ने सर्वदलीय बैठकले कृष्णनगरको जनीवनसामान्य बनाउने पहल गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...