धनगढीको व्यापारिक भवनमा लाग्यो आगो

Dhangadi aagolagi

धनगढी । सुदूरपश्चिममै व्यस्त सहर धनगढीको व्यापारिक भवनमा भीषण आगलागी भएको छ ।

धनगढी बजारको गणेश लक्ष्मी इन्टरप्राईज रहेको भवनको माथिल्लो तलामा सोमबार दिउँसो आगो लागेको हो । आगो धनगढी उपमहानगरपालिकोको दुई वटा दमकलका साथ स्थानीय ब्यापारी र सुरक्षाकर्मीले निभाएका थिए ।

आगलागीबाट जुत्ता चप्पललगायतका भन्डारण गरिएका सामान जलेका छन् । भवनको तल्लो तलामा व्यापारी प्रेम गौतमले जुत्ता चप्पलका होलसेल पसल सञ्चालन गरेका छन् ।

भवनको माथिल्लो तलामा विद्युत् लाइन सर्ट भएको आशंका गरिएको छ । आगो लाग्नुको कारण भने खुलेको छैन । सो आगलागीबाट भूइँतालाका सटर पसलका सामानमा पनि आशिंक क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...