एक वर्षमा सय किलोमिटर सडक निर्माण !

Kanchanpur sadak

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा स्थानीय तह निर्वाचनपछि एक सय मिटर किलोमिटर सडक निर्माण गरिएको छ ।

गत आर्थिक वर्षमा नगरपालिकाका सबै वडामा सडक निर्माण गरिएको छ । केही वडामा नयाँ सडक निर्माण गरिएको छ । गत आर्थिक वर्षमा चुरे फेदमा रौटेलादेखि ब्रह्मदेबसम्म जैविक मार्ग निर्माण गरिएको छ । १२ किलोमिटर लम्बाईको जैविक मार्ग १८ देखि २२ मिटर चौडा छ ।

भीमदत्त नगरपालिकाको वार्षिक प्रगति समीक्षा प्रतिवेदनमा नयाँ र पुरानो गरी एक सय किलोमिटर सडक निर्माण गरिएको उल्लेख गरिएको छ । यस बाहेक ८५ किलोमिटर सडकमा ग्राभेल र २२ किलोमिटर सडक कालोपत्रे गरिएको समीक्षा प्रतिवेदनमा छ । गत वर्ष नगर क्षेत्रमा ४२ ओटा कल्भर्ट निर्माण गरिएका छन् ।

भीमदत्त नगरपालिकामा यातायात पूर्वाधार विकासका लागि नगर यातायात गुरु योजना निर्माण गरिएको छ । गुरु योजनाअनुसार सडकको नामाकरण, स्तरोन्नति, कालोपत्रे लगायतका छन् ।

भीनपामा कालोपत्रे सडक नभएको वडा नं. १९ का चार टोलमा गत वर्ष सडक कालोपत्रे गरिएको छ । अन्य वडा यस अघि कालोपत्रे सडकबाट जोडिएका थिए । वडा नं. १९ बाहेक अन्य वडाका थप सडक कालोपत्रे गरिएको छ । केही वडामा नयाँ सडकको ट्रयाक खोलेर ग्राभेलिङ्ग गरिएको छ ।

भीनपाको दुर्गम वस्ती खल्ला मुसेट्टीसम्म गत वर्ष सडक निर्माण गरिएको थियो । स्थानीय तह निर्वाचन अघि साइकल चलाउन नसकिने सडकमा अहिले यात्रु बाहक सञ्चालन गरिएको छ ।

भीनपाको उत्तरमा जैविक मार्गसंगै दक्षिणी क्षेत्रमा झोलुङ्गे पुलदेखि वडा नं. १९ बागफाँटासम्म शुक्लाफाँटा पर्यटन मार्ग निर्माण सुरु गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार निर्माण सुरु गरिएको सडकको विभिन्न वडामा ट्रयाक खोलिएको छ ।

भीनपा वडा नं. १५ का अध्यक्ष भीम बहादुर शाहुले वडा नं. १५ सहित वडा नं. १८ लगायतका वडामा ट्रयाक खोलिएको बताए ।

चालु आर्थिक वर्षमा जैविक र पर्यटन मार्गलाई उच्च प्राथमिकता दिदैं सडक निर्माणका लागि बजेट विनियोजन गरिएको छ । सघन सहरी विकास कार्यक्रम अन्र्तगत ढल सहितका ढेड दर्जन सडकको निर्माण कार्य अघि बढेको छ ।

क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत नगर क्षेत्रमा ३६ किलोमिटर सडक कालोपत्रेका लागि सर्भे गरिएको छ । चालु आर्थिक वर्षमा मझगाउँ एयरपोर्ट किनारको सडक कालोपत्रेका लागि बजेट विनियोजन गरिएको छ । रौटेलाबाट निर्माण सुरु गरिएको चक्रपथ निर्माण कार्य निरन्तरता दिइएको छ ।

भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टले धार्मिक पर्यटन प्रवद्र्धन, स्थानीयलाई आवतजावत सुविधा र नगर क्षेत्रलाई चक्रपथबाट जोड्ने लक्ष्यका साथ गत वर्ष जैविक मार्ग निर्माण गरिएको बताउँछन् । जैविक मार्गमा ट्रयाक खोलेर ग्राभेलिङ्ग गरिएको छ ।

जैविक मार्ग, चक्रपथसहित सबै वडामा सडक निर्माण गरिएको नगर प्रमुख विष्टले बताए । ‘नगर क्षेत्रमा सडक पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाएका छौं, गत वर्ष जैविक मार्ग सहित सबै वडामा सडक निर्माणका कार्य गरिएका छन्’ विष्टले भने, ‘यस वर्ष पनि सडक निर्माणलाई प्राथमिकता दिएर अघि बढाएका छौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...