फेरि कपिलवस्तुको कृष्णनगरमा लाग्यो अनिश्चितकालीन कर्फ्यु

Krishnagar kapilwastu

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा फेरि अहिले ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लागेको छ ।

जिल्ला प्रशाषन कार्यालयले आज विहान ८ बजेदेखि दुई पटक गरेर साझ ५ बजेसम्मका लागि कर्फ्यु हटाएको थियो । तर, दिउँदो कपिलवस्तुको सदरमुकाम तौलिहवामा बसेको सर्वदलीय बैठकपछि फेरि अहिले ५ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाएको छ ।

दुर्गा भवानीको मुर्ति सेलाउने क्रममा हिन्दु र मुस्लिम समुदायबीच पटकपटक झडप भएपछि जिल्ला प्रशाषन कार्यलयले आइतबार ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।

सोमबारदेखि नै स्थिती सामान्य बन्न थालेपछि बिहान ८ बजेदेखि ४ घण्टा र पछि फेरि दिउँसो १२ बजेदेखि ५ बजेसम्मका लागि कर्फ्यु हटाइएको थियो । तर, कृष्णनगरको अवस्था सामान्य नबन्ने सुचना पाएपछि फेरि अर्काे सुचना नआएसम्मका लागि कर्फ्यु जारी गरिएको ईलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश आर्यालले बताए ।

कृष्णनगरमा दुर्गा भवानीको मुर्ति सेलाउने विषयमा मुस्लिम र हिन्दु समुदायबीच पटकपटक झडप भएपछि सुरक्षा समितिको बैठकले फेरि आइतबार आदेश नभएसम्म कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रमा कर्फ्यु लगाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...