५ घण्टाका लागि कृष्णनगरमा हट्यो कर्फ्यु, तौलिहवामा सर्वदलीय बैठक बस्दै

Krishnanagar karfyu

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा लाग्दै आएको कर्फ्यु फेरि ५ घण्टाका लागि हटेको छ ।

दुर्गा भवानीको मुर्ति सेलाउने क्रममा हिन्दु र मुस्लिम समुदायबीच पटकपटक झडप भएपछि जिल्ला प्रशाषन कार्यलयले आइतबार ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।

कर्फ्यु जारी गरेपछि सोमबारदेखि नै स्थिती सामान्य बन्न थालेपछि बिहान ८ बजेदेखि ४ घण्टाका लागि कर्फ्यु हटाइएको थियो । अहिले कृष्णनगरको अवस्था सामान्य बन्न थालेपछि आव ५ बजेसम्मका लागि कर्फ्यु हटाएको छ । कर्फ्यु हटेपछि कृष्णनगरका पसलहरु खुलेका छन् । मानिसहरुको चहलपहल पनि बढेको छ ।

कृष्णनगरमा दुर्गा भवानीको मुर्ति सेलाउने विषयमा मुस्लिम र हिन्दु समुदायबीच पटकपटक झडप भएपछि सुरक्षा समितिको बैठकको निर्णयअनुसार जिल्ला प्रशाषन कार्यालयले आइतबार आदेश नभएसम्म कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रमा कर्फ्यु लगाएको थियो ।

अहिले स्थिती सामान्य बन्न थालेपछि साझ ५ बजेसम्मका लागि पुनः कर्फ्यु स्थगन गरिएको ईलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश आर्यालले बताए ।

दुर्गा भवानीको मुर्ति सेलाउने विषयमा शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । आइतबार अनिश्चितकालीन कफ्र्यु लागेके समयमा मुर्ति विर्सजन भने गरिएको छ ।

यता, जिल्ला प्रशाषन कार्यालय तौलिहवामा प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाल पोखरेलको पहलमा सर्वदलीय बैठक बसिरहेको छ । सो बैठकमा जिल्लामा क्रियाशील राजनीतिक दलका नेताहरु सहभागी छन् ।

सो बैठकले कृष्णनगरमा थप हिंसा मच्चिन नदिन सुरक्षा सतर्कता अपनाउन दलका नेताहरुले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस