सप्तरीमा माइक्रो बसको ठक्करले एकको मृत्यु, १३ घाइते

Accident 300x204

सप्तरी । सोमबार विहानै माइक्रो बसले ठक्कर दिँदा सप्तरी कृष्णश्रवण गाउँपालिका १ घोविन्दाहमा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

विराटनगरबाट काठमाडौंतर्फ गइरहेको बा ५ ख १४५१ नम्बरको उदिता यातयातले आज विहान साँढे ७ बजेतिर सप्तरीको कृष्णश्रवण गाउँपालिका १ घोविन्दाहका स्थानीय बबादी भनिने अन्जादी ४५ वर्षीय अन्दु चौधरीलाई ठक्कर दिएको थियो ।

तीव्र गतिमा रहेको सो माइक्रो बसले पैदल यात्रा गरिरहेका चौधरीलाई ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको हो । सो माइक्रोमा सवार १३ जना घाइते भएका छन् ।

घाइतेहरुको पहिचान हुन सकेको छैन । घाइतेहरको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चालक भने फरार छन् । सो माइक्रो बस सडकबाट झण्डै ५० मिटरको दुरीमा पल्टिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...