ब्रेकिङ : लाग्यो कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू

Kapitbartu karfyu

काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि आज साँझ ५ बजेदेखि कर्फ्यू लागने भएको छ ।

शनिबार हिन्दुहरुले दुर्गा भवानीको मुर्ति सेलाउने क्रममा मुस्लिमहरुको जामे मस्जिद नजिक राखिदिएपछि एकाएक कृष्णनगरमा तनावग्रस्त बनेको थियो ।

हाल पनि कृष्णनगरमा हिन्दु धर्मालम्बी र मुस्लिक समुदायबीच दोहोरो ढुंगा हानाहान भइरहेपछि जिल्लाको शान्ति सुरक्षा कायम गर्न आज साझ ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बताए ।

प्रमुख जिल्ला अधिकारी पोख्रेलका अनुसार सामान्य विषय भए पनि धार्मिक हिंसा भड्किने खतरा आएकाले कर्फ्यू जारी गर्नु परेको हो । उनले दई दिनसम्म पनि मिलाउने प्रयास असफल भएपछि अर्काे आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरिएको बताए ।

अहिले सो क्षेत्रको स्थिती तनावग्रस्त छ । शनिवार हिन्दुहरुले मस्जिद नजिकै दुर्गा भवानीको मुर्ती सेलाउन खोजेपछि सो क्षेत्रका मुस्लिमहरुले मस्जिद अगाडी नसेलाउन आग्रह गरेका थिए ।

अहिले भने दुर्गा भवानीको मुर्ति सेलाउने कार्य भने भइरहेको छ । यसअघि पनि सधैं कृष्णनगर –२ मा रहेको सो मस्जिद नजिक दुर्गा भवानीको मुर्ति सेलाइने गरिन्थ्यो । 

सोही क्रममा हिन्दु र मुस्लिम समुदायबीच केही बेर झडपसमेत भएको थियो । अहिले सो क्षेत्रमा तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको छ । सो क्षेत्र मुस्लिम बाहुल्य क्षेत्र पनि हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...