आफ्ना नेतालाई सुसाइट नोट लेख्दै आचार्य सप्तकोशीमा झ्वाम्मै

Koshi pul

गाईघाट । आफ्ना नेतालाई सुसाइट नोट लेखेर आत्म हत्या गरे भन्दा सुन्दा अचम्म लाग्न सक्छ । र मनमा किन यस्तो भयो भनेर प्रश्न पनि उठ्न सक्छ । तर, उदयपुर बेलका नगरपालिका – ४ का एक व्यक्तिले आफ्ना नेतालाई सुसाइड नोट लेखेर सप्तकोशी नदीमा हाम फालेका छन् ।

नेकपाका स्थानीय नेता गणेश बस्नेतलाई सम्वोधन गरेर सुसाइड नोट लेखेर वेलका–४ घर भएका ५२ वर्षीय ज्ञानेन्द्र आचार्य शनिबार साझ सप्तकोशी नदीमा हाम फालेका थिए । उनी अहिलेसम्म वेपत्ता भएको वडाध्यक्ष दीपक दंगालले जानकारी दिए ।

उनी नेकपाका कार्यकर्तासमेत हुन् । साविकको नेकपा एमालेका तत्कालीन गाउँ कमिटी अध्यक्ष बस्नेतलाई सम्बोधन गर्दै आफूले लामो समय पार्टीमा काम गरेर र आफूले संसार छाड्न भन्दै आफू मरेर गए पनि पार्टीप्रतिको आस्था कहिल्यै नटुट्ने पत्रमा उल्लेख गरेका छन् ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नविन सिंहका अनुसार आचार्यले शनिबार राति उदयपुरको वेलका नगरपालिका –८ स्थित कोशी पुलबाट हाम फालेका केही स्थानीयले देखेका थिए । शनिबार रातिबाट वेपत्ता भएका आचार्यको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...