जंगलमा बाख्रा चराउन गएकी बालिका बलात्कृत

Balika balatkrit

अछाम । अछामको कमलबजार नगरपालिकामा ७ वर्षीय बालिका बलात्कृत भएकी छन् ।

ती ७ वर्षीय बालिकालाई कमलबजार नगरपालिका बस्ने १८ वर्षका किशोरले गत असोज ३ मा बलात्कार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार गएको असोज ३ गते जंगलमा गाई, बाख्रा चराउन गएकी ७ वर्षीया बालिकालाई जंगलमै ती युवकले बलात्कार गरेको भन्ने उजुरी परेको छ । सोही उजुरीका आधारमा पक्राउ गरिएको छ ।

ती किशोरबाट अर्की १४ बर्षीया बालिकामाथि पनि बलात्कार प्रयास भएको प्रहरीको भनाई छ । दुवै घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...