राजधानीमा नक्कली नोटको बिगबिगी, भेटियो साँढे ३ लाख नक्कली नोट

Nakkali not

काठमाडौं । स्वभाविकै रुपमा चाडबाडको बेला अपराधमा संलग्नहरु सलबलाउने गर्छन् । त्यसमा पनि नक्कली नोटका कारोबारीहरु यसै बेला चम्किने गर्छन् । त्यसको उदाहरण हो राजधानीमा ठूलो परिणाममा नक्कली नोट फेला पर्नु ।

प्रहरीले ललितपुर र काठमाडौंका विभिन्न स्थानबाट झण्डै ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ । दशैंको वेला राजधानीमा नक्कली नोटको विगविगी भएको सूचना पाएपछि काठमाडौं प्रहरीले चलाएको अपरेशनका क्रममा नक्कली नोट बरामद भएको हो ।

शुक्रबार महागनरीय प्रहरी वृत्त, गौशालाले १ हजार दरको २९ वटा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको थियो । उनीहरुकै सुचनाका आधारमा प्रहरीले नक्कली नोट छाप्ने मेसिन फेला पारेको छ ।

प्रहरीले ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोटहरुसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । छापा मार्ने क्रममा विभिन्न व्यक्तिको कोठाबाट फोटोकपी मेसिनसहित नोट छाप्ने कागजहरु बरामद भएको छ । उनीहरुले आफ्नै कोठामा फोटोकपी मेसिनहरु राखेर नक्कली नोट छाप्ने गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...