रामेछापको खरानेमा टाटा सुमो दुर्घटना हुँदा आमा छोरा ठहरै, ७ घाइते

Accident

रामेछाप । दसैंको दोस्रो दिन रामेछापमा दु:खद दुर्घटना भएको छ । आज रामेछापको टाटा सुमो दुर्घटनामा परेको छ ।

जसमा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा आमा छोरा परेका छन् ।

रामेछापको कुकुरकाटेबाट गोठगाउँ जादै गरेको ना १ ज ४८ १२ नम्बरको टाटा सुमो रामेछाप नगरपालिका १ खरानेमा आज साझ दुर्घटनामा परेको थियो ।

सडकबाट झन्डै ३ सय मिटर तल खसेको सो टाटा सुमोमा सवार रामेछाप नगरपालिका १ गोठगाउँकि ६० वर्षीय ललीमाया कार्की र उनका ४० वर्षीय छोरा दुर्गाबहादुर कार्कीको मृत्यु भएको छ ।

सो दुर्घटनामा परि अन्य ७ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल मन्थलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...