दसैं नसकिदै काठमाडौंमा जाम, फर्किन थाले सर्वसाधारण

Ktm 705x400

काठमाडौं । अघिल्ला वर्षहरुमा दसैंको बेला काठमाडौं उपत्यकामा खासै सडक जाम हुन्नथ्यो । तर, यो वर्ष त दसैंको दोस्रो दिनै काठमाडौंमा सडक जाम सुरु भएको छ ।

यो वर्ष काठमाडौं उपत्यकाबाट दसैं मान्न २४ लाखभन्दा बढी सर्वसाधारण दसैं मान्न आआफ्नो घर गएका थिए । यत्तिका धेरै मानिसले उपत्यका छोड्दा पनि उपत्यकामा खासै सुनसान बनेन ।

आज दसैंको दोस्रो दिन काठमाडौंका सडकमा पर्याप्त यातायातका साधन चलेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । उपत्यकाका प्रमुख स्थानहरुमा अरुबेला जस्तै जाम भएको थियो ।

सरकारले यो वर्ष ५ दिन मात्रै सार्वजनिक बिदा दिएकाले शनिबार काठमाडौं भित्रिनेको संख्या बढेको छ । आइतबारदेखि सबै सरकारी कार्यालय खुल्ने भएकाले पनि शनिबारदेखि नै सवारीसाधनको चाप बढेको छ ।

यो त दसैंको दोस्रो दिनको कुरा भयो । दसैंको पहिलो दिन अर्थात् टिकाको दिन पनि कोटेश्वरमा जाम थियो । एकातिर सर्वसाधारणले गन्तव्यमा पुग्न सवारीसाधन नपाए पनि सडकमा प्रसस्त निजी सवारीसाधन चलेका थिए ।

 

प्रतिकृया दिनुहोस