प्रधानमन्त्री भन्छन्, अघिल्लो सरकारका कारण बृद्ध भत्ता बढाउन सकिएन

Kp

बिर्तामोड । निर्वाचनका बेला वृद्धभत्ता ५ हजार पुर्याउने तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले घोषणा गरेका थिए । तर, बजेट ल्याउदा सामाजिक सुरक्षा भत्ता बढाएन । 

त्यसको चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलिले अघिल्लो सरकारले राज्य कोषको रकम दुरुपयोग गरेक कारण वृद्धि गर्न नसकेको आरोप लगाएका छन् ।

बिहीबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलिले अघिल्लो सरकारले राज्यकोषको रकम जथाभावी खर्च गर्दा यो सरकारलाई सामाजिक सुरक्षा भत्ता बढाउन समस्या भएको आरोप लगाए ।

प्रधानमन्त्री ओलिले आउने बर्ष जसरी पनि निर्वाचनमा गरेको घोषणापत्र अनुसार सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने प्रतिबद्धता जनाए ।

ओलिले सरकारको सफलतामा आफ्नो असफलता देख्नेहरुले अनेक हल्ला चलाएर बिचलन ल्याउन खोजेको बताए । उनले त्यस्ता हल्लाका पछि नलाग्न आग्रह पनि गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...