आमाबुवाको सम्झनामा अक्षय कोष स्थापना

Received 1127645730723419

पर्वत । पर्वतको पैयु गाउँपालिका –६ का डम्बरनारायण तिवारीले आफ्ना आमाबाबुको सम्झनामा अक्षय कोषको स्थापना गरेका छन् ।

क्यानडामा बस्दै आएका तिवारीले पैयुकोटको संरक्षण गर्ने उदेश्यले ७५ हजार रुपैयाँ राशी रहेको टिकाराम–नर्मता पैयुकोट पुजा अक्षय कोष खडा गरेका हुन् ।

पेशाले इन्जिनियर रहेका तिवारीले आफ्ना आमाबाबु टिकाराम र नर्मताको सम्झनामा सो अक्षय कोष खडा गरेका हुन् ।

उनाका दाजुहरु कृष्णप्रसाद, खगेन्द्रप्रसाद र नारायणप्रसाद तिवारीले पैयुकोट पुगेर महाशिला गाउँपालिका –१ का वडाअध्यक्ष इश्वरीप्रसाद भुषाललाई बिहीबार हस्तान्तरण गरे ।

सो अवसरमा टिकाराम र नर्मताका छोरा खगेन्द्रप्रसाद तिवारीले पैयुकोटको संरक्षण र सम्बर्द्धनका लागि नियमित पुजापाठ गरिनुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...