सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपी बेनु श्रेष्ठलाई विराटनगर ल्याइयो

Gold

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपी बेनु श्रेष्ठलाई प्रहरीले विराटनगर ल्याइएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा दुबईमा पक्राउ परेका श्रेष्ठलाई काठमाडौं हुँदै सोमबार बेलुका विराटनगर ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार बेनुलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।

सुनसरी इटहरी उपमहानगरपालिका–६ का ३२ वर्षीय श्रेष्ठ दुबईमा बसेर चुडामणि उप्रेती (गोरे) सहितको समूहलाई सुन तस्करीमा सहयोग गर्दै आएका थिए । गत माघ पहिलो साता तस्करी गरी ल्याएको सुन बाटोबाटै हराएपछि खोज्ने क्रममा चुडामणि उप्रेती (गोरे) सहितको समूहले यातना दिँदा गत फागुन १८ गते भरिया सनम शाक्यको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...