राधेराधेमा खुल्यो गोर्खा इको प्यानलको मुख्य कार्यालय

Gorkga eko

भक्तपुर । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको केन्द्रिय कार्यालय भक्तपुरको राधेराधे नजिकै स्थापना गरेको छ ।

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि भाटभटेनी सुपर मार्केट नजिकै केन्द्रिय कार्यालय (कर्पाेरेट अफिस) को शुभारम्भ गरेको हो । कम्पनीकै अध्यक्ष विश्वराम कवाँंले एक कार्यक्रमबीच केन्द्रिय कार्यालयको सोमबार उदघाटन गरे ।

कार्यक्रममा उनले स्थापना भएको नयाँं कर्पाेरेट अफिसले उपभोक्ताहरुलाई सहज हुने विश्वास व्यक्त गरे । उनले कम्पनीले निकट भविष्यमै पानी सोस्ने व्लकको पनि निर्माण गर्न लागेको जनाए । उनले गोर्खा इको प्यानलले चार वर्षमा तीन वटा कम्पनी स्थापित गर्न सफल भएको जनाए । साथसाथै कम्पनीका उत्पादनहरु गुणस्तरीय रहेकोले आइएसओ चिन्ह प्राप्त रहेको जनाए ।

गोर्खा इको प्यानलको कारखाना भक्तपुरको हनुमानचामा छ । गोर्खा प्रिकाष्ट एण्ड विण्डोरको कारखाना भक्तपुरको चाँगुनारायणमा छ । यसअघि कारखानामा गएर सम्पर्क गर्न टाढा र नचिनेको ठाउँंमा परेर उपभोक्तालाई समस्या थियो । तथापि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यसका डिलर (विक्री केन्द्र) हरु छन् । पूर्वको झापादेखि पश्चिमको धनगढीसम्म यसका डिलरहरु छन् ।

नयाँं स्थापित केन्द्रिय कार्यालयबाट गोर्खा इको प्यानल र गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिका सम्पूर्ण सेवाहरु उपलव्ध हुने कम्पनीले जनाएको छ । उपभोक्ताले गोर्खा इको प्यानल र गोर्खा प्रिकाष्ट एण्ड विण्डोरका उत्पादित सम्पूर्ण सामानहरु यहीबाट उपलव्ध हुने कम्पनीले जनाएको छ ।

गोर्खा इको प्यानल आधुनिक निर्माण सामाग्री हो । यो नेपालमै पहिलो पटक उत्पादित प्रिफ्याब प्यानल हो । बाहिरी तथा भित्री पार्टेशन वाल (गारो) को रुपमा यसको प्रयोग हुन्छ ।

गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालि पनि कारखानामा पहिला नै तयार पारिएको प्रिकाष्ट स्ल्याब र झ्यालढोका उत्पादन गर्ने कम्पनी हो । गोर्खा प्रिकाष्ट ढलान, बाउण्डरी वालको रुपमा प्रयोग गर्न सकिन्छ भने गोर्खा विण्डोर काठको झ्यालढोकाको विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ ।

गोर्खा इको प्यानल र गोर्खा प्रिकाष्ट एण्ड विण्डोरको प्रयोगबाट तीव्र निर्माण सम्भब हुन्छ । कारखानामा पहिला नै तयार पारेर राखेको सामान निर्माणस्थलमा जडान मात्रै गरे पुग्ने भएकाले तीव्र निर्माण सम्भव हुने भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...