सेतो छडी निर्वाध प्रयोग गर्न दिन दृष्टिविहीनको माग

Shree air

काठमाडौं । अपांगता अधिकार र विकासका लागि क्रियाशील नेपालले दृष्टिविहीन व्यक्तिहरुको स्वतन्त्र आवागमनको अधिकार सुनिश्चित गर्न माग गरेको छ ।

सो संस्थाका अध्यक्ष डा. वीरेन्द्रराज पोखरेलको नेतृत्वमा श्री एयर लायन्सको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउँदै उडानको समयमा सेतो छडी आफ्नै साथ राख्न पाउने कुराको ज्ञारेन्टी गर्न माग पनि गरेको छ ।

श्री एयर लाइन्सका कर्मचारीहरुले गत शुक्रबार पोखरेललाई यात्राका क्रममा सेतो छडी प्रयोग गर्न नदिएकोमा आपत्ति जनाउँदै सबै हवाई यात्राका क्रममा सेतो छडी निर्वाध रुपमा प्रयो गर्न दिन माग गरेको हो ।

ज्ञापनपत्र बुझाउँदै डा. पोखरेलले श्री एयर लाइन्सका कर्मचारीहरुले आफुले हवाई यात्रा गर्दा आफुलाई दुव्र्यवहार गरेको बताए । उनले यसले समग्र दृष्टिविहीनहरुलाई गरिने व्यवहार प्रष्ट पारेको पनि बताए । उनलाई गत शुक्रबार काठमाडौंबाट विराटनगर जादाँ परिचालिकाले सेतो छडी प्रयोग गर्न दिएका थिएनन् ।

सो ज्ञापन पत्र बुझ्दै श्री एयर लाइन्सका क्याप्टेन कुन्दन गिरीले आफ्ना कर्मचारीहरुबाट भएको गल्तीप्रति आफु मर्माहित बनेको बताए । उनले आगामी दिनमा अपांगता भएका र दृष्टिविहीनहरुलाई उच्च सम्मानका साथ व्यवहार गर्ने प्रतिवद्धता जनाए ।

प्रतिकृया दिनुहोस