दसैंको विदाका दिन कुनकुन बैंकहरु खुल्दैछन् ? हेर्नुस् सुचीसहित

Bank namuna

काठमाडौं । सामान्यतय दसैंका दिन सबै कार्यालयहरु बन्द रहन्छन् । तर, केही ठूला बैंकहरु दसैंका दिन पनि खुल्ने भएका छन् ।

सरकारले असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म सार्वजनिक विदा दिएको छ । तर, आर्थिक कारोबार गर्ने केही ठूला बैंकहरु भने विदाका दिन पनि खुल्ने भएका छन् ।

बैंकले आफ्ना ग्राहकको सुविधाको लागि सार्वजनिक बिदाका दिन पनि बैंकका नगद काउन्टर खुला गर्न लागेका हुन् ।

दसैंका दिन प्रभु बैंक, हिमालय बैंक, एभरेष्ट, माछापुच्छ्रे, सेन्चुरी कमर्सियल, सनराइज बैंक, नेपाल इनभेष्टमेन्ट, जनता बैंक, नबिल बैंक लगायतका बैंकले सार्वजनिक विदाका दिन पनि क्यास काउन्टर खुल्ला गर्ने भएका छन् ।

कुन बैंकको शाखा कहिले खुला ?

प्रभु बैंक

प्रभु बैंकको काठमाडौं उपत्यका भित्र बबरमहल, कमलादी, जावलाखेल, गोंगबु, न्युरोड, सूर्यविनायक–भक्तपुरका शाखा असोज ३०, ३१ र कात्तिक १ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म शाखा खुला रहनेछ । 

त्यस्तै उपत्यकाबाहिर जनकपुर, इटहरी, नारायणगढ, दमक, धरान, सिरहा, बुटवल, भैरहवा, न्युरोड पोखरा, नेपालगन्ज, कलैया, विरगन्ज, विराटनगर, बाग्लुङ र धनगढीको शाखा असोज ३०, ३१ र कात्तिक १ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छ । 

हिमालयन बैंक

हिमालयन बैंकको ठमेल शाखा असोज ३०, ३१ र कात्तिक ३ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ । न्युरोड शाखा सोही दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछ । महाराजगञ्ज शाखा असोज ३० र ३१ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछ ।

त्यस्तै पाटन शाखा असोज ३० र ३१ गते बिहान १२ बजेदेखि दिउँसो ३ बजेसम्म र कात्तिक ३ गते मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने छ । पोखरा शाखा असोज ३० गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहन्छ । 

माछापुच्छ्रे बैंक

माछापुच्छ्र बैंकले फूलपाती (असोज ३० गते) न्युरोड, नयाँबानेश्वर, पोखरा, पाटन, राजविराज, महेन्द्रपुल, लेखनाथ, जनकपुर, दमौली, बुटवल, वीरगन्ज, बनेपा शाखा बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने जनाएको छ । त्यस्तै लाजिम्पाट, भैरहवा शाखा बिहान ९ बजेदेखि १२ बजेसम्म खुला रहनेछ। इटहरी शाखा भने बिहान १० बजेदेखि १ बजेसम्म खुला रहने छ । 

बैंकले अष्टमी (असोज ३१ गते) न्युरोड, नयाँबानेश्वर, पुतलीसडक, भक्तपुर, बनेपा, वीरगन्ज, जनकपुर, महेन्द्रपुल, मिर्चैया, नारायणगढ, नेपालगन्ज, राजविराज शाखा बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने छ । विराटनगर शाखा बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म खुला रहने छ । 

कात्तिक १ गते नवममीको दिन बालुवाटार र बर्दिवास शाखा दिउँसो १२ बजेदेखि ३ बजेसम्म खुला रहने बैंकले जनाएको छ। त्यस्तै बगर, दमौली र नेपालगन्जको शाखा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म खुला रहने छ । 

सेन्चुरी कमर्सियल बैंक

सेन्चुरी कमर्सियल बैंकले फूलपाती, महाअष्टमी र द्वादशी (असोज ३०, ३१ र कात्तिक ३ गते पुतलीसडकको शाखा ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्ने जनाएको छ । त्यस्तै असोज ३० र ३१ गते न्युरोडको शाखा दिउँसो १ बजेदेखि ४ बजेसम्म र मानभवन शाखा बिहान १० बजेदेखि १ बजेसम्म खोल्ने जनाएको छ । 

त्यस्तै उपत्यकाबाहिर धुलिखेल, पोखरा, विराटनगर, इटहरी, विर्तामोड, वीरगन्ज, जनकपुर, बुटवल, भैरहवा, नेपालगन्ज र धनगढीको शाखा असोज ३० र ३१ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने जनाएको छ । साथै टीकापुरको शाखा असोज ३०, ३१ र कार्तिक ३ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने छ ।

सनराइज बैंक

सनराइज बैंकले काठमाडौ उपत्यकाको गैह्रीधारा र गाबहाल शाखा असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म खुला गर्ने जनाएको छ । गैह्रीधारा शाखा मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म र गाबहाल शाखा बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म खुला रहने छ । साथै भक्तपुर शाखा असोज ३० र ३१ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने बैंकले जनाएको छ । 

काठमाडौं उपत्यका बाहिर वीरगन्ज शाखा असोज ३०, ३१ र कात्तिक १, २ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्ने जनाएको छ। विराटनगर, पोखरा, नारायणगढ शाखा असोज ३० र ३१ गते बिहान १० बजेदेखि १ बजेसम्म र गाइघाट शाखा असोज ३०, ३१ र कार्तिक १ गते १० बजेदेखि दिउँसो १ बजेसम्म खुला हुनेछ । 

 

एनएमबि बैंक

एनएमबि बैंकको कान्तिपथ, विराटनगर, फिदिम, बुटवल, धनगढी र नेपालगन्ज शाखा असोज ३०, ३१ र कात्तिक १, ३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छ। त्यस्तै विर्तामोड शाखा असोज ३०, ३१ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छ । 

स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंकको काठमाडौं उपत्यकाभित्र नयाँबनोश्वर शाखा असोज ३१ र कात्तिक १ गते बिहान साढे ९ बजेदेखि दिउँसो साढे १२ बजेसम्म खुला रहन्छ । लाजिम्पाट शाखा असोज ३० र कात्तिक ३ गते बिहान साढे ९ बजेदेखि दिउँसो साढे १२ बजेसम्म खुला हुनेछ । ललितपुर शखा कात्तिक १ र ३ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने छ। बौद्ध शाख असोज ३१ दिउँसो २ बजेदेखि ५ बजेसम्म खुला रहने छ । 

त्यस्तै उपत्यका बाहिर विराटनगर र पोखरा शाखा असोज ३० र कात्तिक १ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछ । त्यस्तै नेपालगञ्ज, बुटवल शाखा कात्तिक १ गते ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्नेछन् । धरान शाखा असोज ३० र ३१ गते ११ बजेदेखि दिउँसो २ बजेसम्म खुलाा हुनेछ । नारायणगढ  शाखा भने दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म खुला हुनेछ । 

जनता बैंक नेपाल

जनता बैंकले काठमाडौं उपत्यकाभित्र नयाँ बानेश्वर शाखा असोज ३० गते र न्युरोड शाखा असोज ३१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ । 

त्यस्तै उपत्यका बाहिर विरगन्ज, नारायणगढ, बुटवल, भैरहवा, धनगढी शाखा असोज ३० र ३१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ । साथै महेन्द्रनगर र घोराही शाखा असोज ३० गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ।  

नबिल बैंक

नबिल बैंकको महाराजगन्ज, बालाजु, नयाँबानेश्वर र त्रिपुरेश्वर शाखा असोज ३० गते बिहान १० देखि १ बजेसम्म खुल्नेछ । न्युरोड शाखा असोज ३१ गते बिहान १० देखि १ बजेसम्म खुल्नेछ । यता तीनधारा र ललितपुर शाखा भने दसैं बिदा अवधिभर सम्पूर्ण दिन खुला हुनेछ । 

उपत्यका बाहिर हेटौंडा, पोखरा, इटहरी, धनगढी, धरान, नारायणगढ, विराटनगर र बुटवल असोज ३० गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्नेछ भने विरगन्ज र  नेपालगन्ज शाखा ३१ गते बिहान १० बजेदेखि १ बजेसम्म खुल्नेछन् ।

नेपाल इनभेष्टमेन्ट बैंक

बैंकको दरबारमार्ग शाखा असोज ३०, ३१ कात्तिक १, २ र ३ गते बिहान ९ बजेदेखि १२ बजेसम्म खुला रहनेछ । पुल्चोक शाखा असोज ३०, ३१, कात्तिक १ र ३ गते मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म खुला रहनेछ । त्यस्तै न्युरोड, पुतलीसडक (१२ बजेदेखि ३ बजेसम्म) नयाँबानेश्वर, गोंगबु (१ बजेदेखि ४ बजेसम्म) ठमेल, कालिमाटी (१२ बजेदेखि ३ बजेसम्म) बौद्ध (९ बजेदेखि १२ बजेसम्म) बत्तीसपुतली र धुम्बाराही (१० बजेदेखि १ बजेसम्म) असोज ३०, ३१ र कात्तिक ३ गते खुला रहने छन् ।

साथै सिपाडोल (१०ः३० बजेदेखि १ः३० बजेसम्म) र कीर्तिपुर (११ बजेदेखि १ बजेसम्म) असोज ३०, ३१ र कात्तिक ३ गते खुला रहनेछ। नक्साल शाखा भने असोज ३०, ३१ र कात्तिक ३ गते  बिहान ११ बजेदेखि १ बजेसम्म खुला रहनेछ । 

त्यस्तै उपत्यका बाहिर वीरगन्ज, भैरहवा, बुटवल, विराटनगर, पोखरा (चिप्लेढुंगा) र जनकपुर शाखा असोज ३० र ३१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ । नारायणगढ, नेपालगन्ज, धनगढी शाखा असोज ३० गते बिहान १० बजेदेखि १ बजेसम्म खुला रहनेछ । जनकपुर शाखा भने १० बजेदेखि १ बजेसम्म असोज ३० र ३१ गते खुला रहनेछ । 

नेपाल बंगलादेश बैंक

बैंकको बिजुलीबजार, बानेश्वर शाखा असोज ३०, ३१, कात्तिक १ र ३ गते बिहान १० बजेदेखि १२ बजेसम्म खुला रहनेछ । कमलादीको कर्पोरेट शाखा, विराटनगर, नेपालगन्ज शाखा असोज ३०, ३१, कात्तिक १ र ३ गते बिहान ११ बजेदेखि १ बजेसम्म खुला रहनेछ । 

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकको हात्तिसार, पोखरा (११ बजेदेखि २ बजेसम्म), न्युरोड (२ बजेदेखि ५ बजेसम्म) असोज ३०, ३१ र कात्तिक ३ गते खुला हुन्छ । कुमारीपाटी, दमक, धनगढी, जनकपुर, टीकापुर र घोराही शाखा असोज ३० र ३१ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला हुन्छ ।

तीनकुने, बुटवल, नारायणगढ शाखा असोज ३० गते बिहान ११ बजेदेखि २ बजेसम्म र भैरहवा शाखा २ बजेदेखि ५ बजेसम्म खुला हुन्छ। त्यस्तै, विराटनगर, वीरगन्ज शाखा असोज ३०, ३१ र कात्तिक १ गते बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहन्छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...