घाँटी रेटेर सुनारको हत्या

Hatya ghati reti

सल्यान । सल्यानको शारदा नगरपालिका-८, मार्केको सिमखर्कमा एक महिलाको घाँटी रेटेर हत्या भएको छ ।

५५ वर्षीया केवली सुनारको आफ्नै घरमा सुती रहेको अवस्थामा बिहीबार राति धारिलो हतियार ‘छुरी’को प्रयोगले घाँटी रेटेर हत्या भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

श्रीमानको मृत्यु पश्चात मृतक सुनार लामो समयदेखि तीन छोराछोरहरुसँग भारतमा बस्दै आएको स्थानीयले बताएका छन् ।

दसैँ मनाउन भनेर चार दिनअघि मात्र उनी घर फर्किएकी थिइन् । घटना कसले र किन गराएको भन्नेबारे अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा सल्यान प्रहरी प्रमुख डीएसपिको नेतृत्वमा टोली अनुसन्धानमा खटिएको छ ।

हत्यारा पत्ता लगाउन घटनास्थलमा कोहलपुरबाट कुकुर ल्याएर प्रयोग गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार सुनारको घाँटीमै भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकृत प्रहरी निरीक्षक गिरीराज भण्डारीले बताए ।

मृतकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको र घटनाको थप विवरण आउन भने बाँकी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...