सुनकोशी नदीमा खस्यो बस, ३ जनाको मृत्यु

Bus accident mulkot

बनेपा । सिन्धुलीको मूलकोटमा बस खस्दा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् ।

२०६८ साल असोज २६ गते सोही ठाउँमा दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको थियो ।

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सुनकोशी गाउँपालिका ५ को मुलकोटमा सडकबाट ५ सय मिटर तल सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै अन्य २ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा दुर्घटनामा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ८ का २८ वर्षका रवि खड्का, बस चालक सिन्धुली मरिण गाउँपालिका ७ का २८ वर्षका राजकुमार लामा र सोही ठाउँमा २३ वर्षका अमित लामा छन् । रड्काको खटनास्थलमै र अन्यको धुलिखेल अपतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा ७ चालकसहित ७ जना मात्र सवार थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...