१६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार, बलात्कारी पक्राउ

Arrested

बुटवल । रुपन्देहीमा १६ वर्षीया किशोरीको सामुहिक बलात्कारमा संलग्न दुई जना पक्राउ परेका छन् ।

घटना रुपन्देहीको देबदह नगरपालिका वडा नम्बर-१० चरंगेमा २३ गते बेलुका ८ बजेको हो । बुटवलमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिबनगर जंगलमा मोटरसाइकलमा पुर्‍याएर सामुहिक बलात्कार गरेको पीडित किशोरीको जाहेरीमा उल्लेख छ ।

रुपन्देही देवदह नगरपालिका-१० का ३५ वर्षिय उदय थापा र वुटवल उपमहानगरपालिका-७ का २६ वर्षीय कृष्ण थापालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा समेत बरादम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले बताए ।

घटनामा अन्यको पनि संलग्नता हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक डिलबहादुर मल्लले बताए । पक्राउ परेका उदय काठको काम गर्छन् भने कृष्ण गाडी स्टाफ हुन् । किशोरी चिनजानकै भएको खुलेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...