विद्युत् कर्मचारी आन्दोलनमा उत्रिएपछि उपभोक्ता मर्कामा

El bitran  office

राजविराज । नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण केन्द्रअन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएपछि उपभोक्ता मर्कामा परेका छन् ।

मिटर रिडिङ गर्ने कर्मचारी आन्दोलित हुँदा विद्युत्को मासिक शुल्क बुझाउने उपभोक्तालाई कठिनाइ भएको छ ।

समयमा विद्युत् महसुल नतिर्दा राजश्व असुल गर्न समस्या भइरहेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए । ‘अहिले उपभोक्ता आफैँ मिटरको अङ्क टिपेर विद्युत् प्राधिकरणलाई बुझाउन बाध्य छन्,’ उनले भने । न्यून ज्यालादारीमा काम गर्दै आएका कर्मचारीको व्यवस्थापन नगरिएको र सेवा सुविधाबाट समेत वञ्चित गरिएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

मिटर रिडिङ गर्दै आउनुभएका दुर्गानन्द यादव सप्तरीका मिटर रिडरले १६ वर्षदेखि निरन्तर काम गर्दैआएपनि व्यवस्थापन नगरिएको बताए । वितरण केन्द्रका प्रमुख साह चाँडै उनीहरुको समस्या समाधान गरिने बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

राधेराधेमा खुल्यो गोर्खा इको प्यानलको मुख्य कार्यालय

Gorkga eko

भक्तपुर । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको केन्द्रिय कार्यालय भक्तपुरको राधेराधे नजिकै स्...