बलात्कृत बालिकाको गलत प्रतिवेदन दिने २ चिकित्सक कारबाहीमा

Pakraw doctor blatkar

धनुषा । बलात्कृत बालिकाको शारीरिक जाँच गरी गलत प्रतिवेदन दिने २ चिकित्सक कारबाहीमा परेका छन् ।

जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ मा भदौ ८ गते एक बलात्कृत भएकी थिइन । बालिकाको परीक्षणपछि गलत प्रतिवेदन दिँदा अञ्चल अस्पतालका डा विजयकुमार सिंह र डा रम्भा गोइत कारबाहीमा परेका हुन् ।

नेपाल मेडिकल काउन्सिलले उनीहरुले प्रमाणपत्र खारेज गर्दै सेवाबाट वञ्चित गराउने निर्णय गरेको छ । काउन्सिलले उनीहरुले न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरित मेडिकल रिपोर्ट दिएको कारण कारबाही गरिएको जनाएको छ ।

दुई चिकित्सकले भदौ ९ गते पीडित बालिकाको नमूना परीक्षण गर्दा बलात्कार नभएको प्रतिवेदन दिएका थिए । त्यसपछि बालिकाको भदौ २५ गते सिरहा अस्पतालमा डा राकेशकुमार सिंहले नमूना परीक्षण गर्दा बलात्कार भएको प्रतिवेदन आएको थियो ।

प्रतिवेदन फरक फरक आएपछि त्यसबारे छानविन गर्न काउन्सिलले डा कालुसिंह खत्रीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको थियो । समितिले चिकित्सकद्वय सिंह र गोइतले गलत प्रतिवेदन दिएको पाइएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...