घट्न थाल्यो उपत्यकामा चाप, दैनिक एक लाख काठमाडौंबाट बाहिरिँदै

Bus park ticket line

काठमाडौं । आज दसैंको दोस्रो दिन । दसैँ सुरु भएसँगै उपत्यकामा मानिसहरुको चाप पनि घट्न थालेको छ ।

अहिले दसैं मान्न घर जानेको संख्या दिनदिनै घट्दै गइरहेको छ भने उपत्यकामा दिनहुँ मानिसको चहलपहल घट्दै गएको छ । काठमाडौंका विभिन्न नाका हुँदै दैनिक दैनिक एक लाखजनाभन्दा बढी सर्वसाधारण उपत्यकाबाट गृहजिल्लातर्फ जान थालेका छन् ।

ट्राफिक प्रहरीका अनुसार हालसम्म १० लाख मानिसले काठमाडौं छाडिसकेका छन् । मंगलबार एक लाख १७ हजार सर्वसाधरण उपत्यकाबाट बाहिरिएको प्रहरीको भनाई छ । सोमबार ९० हजार बाहिरिएका थिए ।

दसैँको वेला उपत्यकाबाट दुईतिहाइ सर्वसाधारण बाहिरिने गरेको विगतको तथ्यांक छ । धेरैजसो घटस्थापनापछि गृहजिल्ला जाने गर्दछन् । यातायात व्यवसायीका अनुसार हालसम्म एक लाख यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् ।

यता, दसैँका गृहजिल्ला जाने यात्रुहरूको सहजताका लागि ट्राफिक प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखेको छ । तर, सहयता कक्षमा ट्राफिक नबस्दा यात्रुले सासती खेप्नुपरेको गुनासो बढ्न थालेको छ ।

ट्राफिकको आँखा छलेर नियम मिच्नेलाई कारबाही गर्न र कुनै पनि घटनामा तत्काल पुग्न उपत्यकामा ‘ट्राफिक ¥यापिड स्क्वाड’ (टिआरएस) गठन गरी परिचालन गर्न थालेको छ । यसको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय ट्राफिक महाशाखामा टिआरएसको बुधबार उद्घाटन गरे ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...