क्षमताभन्दा बढी यात्रु बोके ५ हजार जरिवाना

Hiace

काठमाडौं । सरकार, यातायात व्यवसायी र ट्राफिक व्यवस्था विभागबीच भाडा तय भए पनि यातायात व्यवसायीले बढी मूल्य असुलेको पाइएपछि प्रहरीले चेकजाँच शुरु गरेको छ ।

तय भएको भाडा भन्दा बढी लिइएको पाएपछि आइतबार भएको चेकजाँचमा १२ वटा हायस कारबाहीमा परेका छन् ।

अरनिको राजमार्ग भएर चल्ने यात्रुवाहक सवारी साधनमा तीन दिनदेखि जाँच गरिएको र ५० भन्दा कारबाहीमा परेको ट्राफिक प्रहरीले बताएको छ । टिकटमा बढी पैसा लिइएको पाइए ठाउँको ठाउँमा पैसा फिर्ता गरिएको छ ।

क्षमता भन्दा बढी यात्रु र यात्रुसँग बढी पैसा लिने सवारी साधनलाई पूर्जी काटिएको हो । पूर्जी काटिँदा ५ हजार रुपैयाँ जरिवाना लिइने गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...