‘निर्मलाको हत्यारा बम दिदीबहिनीलाई थाहा छ, यो मेरो ठोकुवा हो’

Purba mantri balayar

डोटी । निर्मला पन्तको हत्याराबारे बम दिदीबहिनीलाई जानकारी रहेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले दाबी गरेका छन् ।

पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकार र प्रहरी संगठनकै आलोचना भइरहेका बेला पूर्वमन्त्रीसमेत रहेका बलायरले भने ‘बम दिदी बहिनी पक्राउ गरे सबै कुरो तिनैबाट सबै खुल्ने छ ।’

डोटीको दिपायलमा नेपाल प्रेस युनियन डोटी शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका नेता बलायरले थप भने , ‘यदि निर्मला हराएकै राति बम दिदिबहिनीहरुको घरमा छापा मारीएको भए निर्मला भरसक जिउँदै नभए शव प्राप्त हुन्थ्यो । तर प्रहरीले राति जान नमिल्ने भन्दै वास्ता गरेन, यो प्रहरीको कमजोरी हो ।’

निर्मला पन्त गएको साउन १० गते रोशनी बमको घरमा गएकी थिइन् । त्यो घरमा रोशनी र उनकी दिदी वविता मात्र बस्थे । छोरी नआएपछि साँझ आफू खोज्न जाँदा बबिताले आफूलाई नराम्रो व्यवहार गरेको आमा दुर्गादेवीको पनि गुनासो छ ।

स्थानीयबासीन्दाले सुरुदेखि नै बम दिदीबहिनीबाट हत्या प्रकरणको अनुसन्धान गर्नु पर्ने माग गरेका थिए । तर, लामो समयसम्म प्रहरी अनुसन्धान बाहिर रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरे पनि केही दिनमा नै धरौटीमा छुटेका थिए ।

निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीमासमेत रहेका पूर्वमन्त्री बलायरले निर्मलाका हत्यारा बम दिदीबहिनीबाहेक अरुलाई थाहा नभएको बताए। उनले भने, ‘यो मेरो ठोकुवा हो ।

निर्मलाको हत्या त्यही घरमा भएको हो वा जिउँदै कसले लगेको हो, उनीहरुलाई सबै थाहा छ ।’ के आधारमा यो दाबी गरे भन्ने पत्रकारहरुको प्रश्नमा पुर्वमन्त्री बलायरले भने आफैँले बोलाएर लैजानु, आमा खोज्दा जाँदा पोइला गइहोला भन्नु, साइकल भेटिएपछि शव पनि भेटिन्छ भन्नु त्यसैको आधार हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुको बचाउ गर्नुले पनि बम दिदीबहिनीमाथि थप शंका लागेको उनले बताए । नेता बलायरले प्रधानमन्त्री केपी शर्मा ओलीले नै बलात्कारी र हत्यारालाई बचाउन खोजेको आरोप लगाए ।

आफूले निर्मला हत्या काण्डको विषयमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई समेत भेटेर कुरा गरेको बताउँदै उनले भने ‘त्यतिबेला त उहाँहरु निकै आक्रामक हुनुहुन्थ्यो तर अहिले के भयो त ? ।’

प्रतिकृया दिनुहोस