आज नेपाल म्यानमारसँग भिड्दै

Football jpg 4460375 660x281

काठमाडों । एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल शुक्रबार म्यानमारसँग भिड्ने भएको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा नेपाल र म्यानमाबीचको खेल दिउँसो साढे तीन बजे हुनेछ ।

समूह चरणको पहिलो खेलमा बुधबार फिलिपिन्ससँग ४–० ले पराजित भएको नेपालले दोस्रो खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई म्यानमारविरुद्धको आजको खेल जित्नै पर्ने दबाब छ । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपमा सहभागिता जनाउनेछ । सोही मैदानमा अहिले मलेसिया र फिलिपिन्सबीचको खेल जारी छ ।

प्रतिकृया दिनुहोस