लागूऔषधसहित एक जना पक्राउ
पर्सा । लागूऔषध इन्जेक्सनसहित १ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्सा र लागू औषध नियन्त्रण व्यूरो कार्यालय, वीरगंजबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१५ स्थित शंकराचार्य गेटबाट सबिन श्रेष्ठलाई पक्रउ गरेको हो ।
रक्सौलबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा प्रहरीको फन्दामा परेका काभ्रे पांचखाल न।पा।(६ का श्रेष्ठको साथबाट प्रहरीले डाईजेल्याब ३५ ऐम्पुल फेनारागन ३५ एम्पुल र नुर्फिन ३५ एम्पुल गरी जम्मा १०५ एम्पुल बरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस