भारततर्फ मरिच तस्करी, १४ क्विन्टल मरिच बरामद

Marich

वीरगञ्ज । तस्करहरुले नेपालबाट भारततर्फ मरिच लैजान क्रममा जिल्ला प्रहरी कार्यालय, पर्साले १४ साइकलसहित १४ क्विन्टल मरिच बरामद गरीएको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिका–१, छप्कैयाबाट १४ साइकलमा लोड गरिएका ५६ बोरा मरिच साइकल प्रयोग गरेर तस्करी हुँदै गर्दा नियन्त्रणमा लिएको छ ।

साइकलमा मरिच लोड गरी भारततर्फ लगिँदै गरेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले बरामद गरेको हो ।

साइकल प्रयोग गरेर मरिच भारतर्फ लैजाने कार्यमा संलग्नहरुलाई नियन्त्रणमा लिन भने प्रहरी असफल भएको छ । तस्करीमा संलग्न भागेकाले यसको संलग्नता बारे केही खुलेको छैन ।

प्रहरीले मरिच र १४ साइकल भन्सार कार्यालयलाई बुझाएर यसबारे अनुसन्धान थालेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...